• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, असार ०२, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

लोकप्रिय समाचार

  • १. अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

  • २. प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

जन्मेको र भोगेको छोरा


  •   मङ्गलबार, माघ १८, २०७८ मा प्रकाशित
  • गोबिन्दराज पोखरेल

    Advertisement

    जनगणना २०७८ को प्रारम्भिक गणना अनुसार झण्डै सातलाख छोरा भन्दा छोरी बढी भए । तथ्याङ्क बिभागले दिएको यो सुचना लोकसेवा आयोगको परिक्षा दिने देखी नेपालको जनसंख्या थाहा पाउने सबैलाई उत्तिकै महत्व छ । सात लाख छोरी बढी हुनु र छोरा कम हुनुले पनि छोराहरुको भाउ बढेको हो की भन्ने भान पनि पर्न सक्दछ । जसले जे सुकै भनोस भगवान मान्नेहरुका लागी छोरा वा छोरी जेसुकै भए पनि सन्तान भनेका भगवानका रुपहरु हुन । बंश परम्परालाई निरन्तरता दिन सन्तानको आबस्यक्ता पर्दछ । छोरा नभए स्वर्गको बाटो छेकिन्छ । पितृ प्रधान समाजमा बंश परम्पराको लागी मर्दा छोरा, पढदा छोरा त्यसैले होला कतिपय बाबु आमाले छोराको चाहनामा भुर्ण हत्या समेत गर्दछन । छोरा जन्माउन पुत्रस्य यज्ञ लगाउने , देबी भागवत हरिबंश श्रवण आदि जस्ता हिन्दु धर्मको अबधारणा त्यतिकै छ । यसरी जन्मिएको छोरो बाबुका लागी बंश, आमाको लागी कोख भरिलो , दिदी बहिनीको लागी माइती र पुर्खाको सम्पत्तिको हकदारको रुपमा बर्णित गरिन्छ ।
    छोरो जन्मदै अबिर , फुल र बधाइले शुसोभित हुने बाबु, छैंठीको दिनमा गरिने हर्ष बढाई , ११ औं दिनको न्वारन, चुडाकर्म आदि जस्ता कार्य छोरीको भन्दा अलग्गै गरिने संस्कार पनि छोरा प्रतिको प्रगाढ मान्यता जस्तो छ । छोराको आशमा जन्मने छोरीहरु कैयौं रहने भएकोले पनि जनगणनामा छोरीको संख्या बढनुलाई पनि अन्यथा मान्न सकिदैन । छोरा जन्माउने आमा पनि त छोरी हुन तर पनि उनैले छाराको आशमा जन्माउने छोरी प्रतिको दृष्टीकोण पुरुष प्रधानक कै अर्को पक्ष पनि हो । छोरी नै नहुँदो हो त नत छोरा जन्मन्थ्यो नत छोरी नै जन्मन्थ्यो यस बारेमा सबैलाई हेक्का हुँदा हुँदै पनि छोराका बारेमा दिएका तर्कहरु सुन्दा बढो अचम्म खालका छन । छोरो जन्मदा मातृत्वको अनुभव हुने । आमाकै रहरले जन्मने , छातीमा राख्दै गह्रुँगो हुने , देख्दैमा पुलकित हुने । आमा भएको नाताले एउटा कुरामा गर्भ गरेकै छ अब उ बलात्कृत हुँदैन भनेर । साहेद छोरी भएको भए फेरी कुन बाटो झाडी वा गल्लीमा बलात्कृत हुने हो भनेर डर लागी रहन्थ्यो तर त्यो अबस्था त अब रहेन भनेर आमा खुशी हुनु पनि छोरा नै भएको कारणले हो ।
    छोरा जन्मियो अब उसलाई कसैले व्यापारको रुपमा लैजाने छैन । उसको लिङ्ग छेदनको रुपमा उसलाई फेरी कुनै प्रकारको पीडा बोध हुने छैन भन्ने कुरामा आमा भएको कारणले पनि अति प्रसन्न भएकी होलिन । आमा भएको नाताले छोरा हुँदा गर्भ गर्ने संस्कार पनि हो । आमाले सोंच्छिन होला छोरा भश्एकै कारणले कलँकनी सतिको नामले पुकारिने छैन । जिउँदै जल्नु त पर्ने छैन भनेर पनि छोरो जन्मीएको अबस्थामा एउटी आमाको मन रमेकै होला । अनगिन्ती अर्थहिन हास्यास्पद मान्यताहरु बोकेर समाज अगाडि बढीरहँदा र तथ्यसंग मेल नखाँदा नखाँदै पनि स्वीकर्नु पर्ने बिडम्बनाका कारण पनि छोराको आगमनलाई श्रेष्ठता मान्नु पर्ने छ । छोेरा भएको कारणले झुमा बन्नु परेन , कुमारी होस वा देउतीको नाममा बली चढन नपरे हुन्थ्यो भनेर पनि छोरा जन्मिएकोमा आमा भएको नाताले गर्भ गरेको हो । छाउपडीको नाममा छाउगोठमा बस्नु पर्ने छैन , सर्पले डस्ने छैन अन्य जङ्गली जनावरले आक्रमण गर्ने छैन । प्राकृतिक रुपमा बगेको रगत कुनै देउताको भाकलसंग जोडिने छैन भनेर पनि गर्भ गरेकी हुन सक्छ । आमाले भन्दि हुन मैले उसलाई कति पटक म्वाँइ खाएँ । जीउभरी छेरी रहेपनि चुपचाप रुपमा मयााकै भोकले हेरीरहें । तेल लगाएँ । मुसारे । औंला ओंठमा राखेर कति पटक हँसाए बोल्न सिकाए । हिंडन सिकाए । खान सिकाए । खेल्न सिकाए । संस्कार नैतिकता र मान मनितो र व्यबहार आँचरणको गुरु आमा पनि भएँ । तर आमा छोराको अगाडि कर्कशा पो भएकी छिन । केही नजान्ने गँवार
    आमाको काखबाट बच्चालिएर हातमा राख्दै थुप्रै पटक गुलुलु गराउँदै हसाउने, ताते ताते गराउँदै हिंडने आमाकै पद चापबाट मायाको रुपमा पच्छाउँदै अगाडि बढाउने छहारीको जिम्मेवारी बोकेको बाबु । सुरक्षाको बल , शाहसको बल , हिम्मत र जीबनको गोरेटो पहिलाई दिने भबिश्य द्रष्टा बाबु । त्यसैले पनि उसले छोराले गरेका हरेक क्रियाकलापलाई नियाली रहेको हुन्छ र भन्छ बाबु अनि छोरा ।
    जब छोरो सानो थियो आफनो पिठ्युँ फर्काएर हट हट गर्न सिकायो । लठ्ठीले टिभि फुटाउँदा पनि टुलु टुलु गरेर हेरयो । गाइ भैंसी फुकाएर खेत बारीमा हाल्दा पनि टवाल्ल परेर हेरयो । रक्सीमा मातेर घरमा आउँदा पनि चुपचाप सही राख्यो । उसका हरेक गल्तिलाई सहेर बस्ने बाबु हो आमा प्रस्न नै अनुत्तरित छ ।
    अब त छोरो ठुलो भै सक्यो । छोराले दिएका रङ्गिन सपनाहरु चुम्न नजान्दा त्यही बाबु आमा माथि धारिलो हतियार वा बचन दिंदा बाबुले मन थाम्न सक्दैन आमाको आँशुले बाटो छेक्छ भन्दा हुन । संसार आस्तिक पनि छ । नास्तिक पनि छ तर पनि सन्तानलाई हेर्ने सोंचमा बेद , बाइबल , कुरान , कसैले पनि छेक्दैन । तर जीवनका अपत्यारिला संयोगहरु भने कति पटक उजागर भएका छन यसलाई कसरी प्रष्टाउने त्यो पनि कम मार्मिक छैन । कहिले काहीं लाग्दो हो इश्वरले यो श्रृष्टी किन गरे होलान जसलाई मायाको रुपमा पछ्याइ रहेको होस ।
    आमाले जन्माएको बाबुले हुर्काएको त्यो छोरो उनकै लागी बिरानो बन्दै छ । बाबुको बल घटयो । आमाको शरिर क्षीण बन्दै गयो । अहिले आमाको नजिक पुग्दा आमाको शरिर गन्हाउँछ । बाबुका दाँत हल्लि सके ओंठबाट बाुबुको ¥याल चुँहिदा घिन लाग्छ । साथिको भिडमा जम्मा भएको बेला बुवा भन्न पनि संकोच मान्छ । आमा भन्नु पर्दा छाँगाबाटै खसे जस्तो अनुभुती गर्छ । रोग , भोक शोक केका लागी ? बाबुले सोंचेको भबिश्यको लठठी हुन सकेन भने । यदि इश्वर साँच्चिकै छन भने किन लुकामारी खेल्नु परयो ? बाबुको सिरानी मुनीबाट कति पटक दाम पडकाए होला ? तर पनि बाबुले चुप चाप सहकै हो तर बुढेस कालमा अशक्त भएर बस्दा उसले दिने सुख भन्दा घोच पेच नै बढी छ । आमाको बोली कर्कशा लाग्छ । डर्बिनले सिकाए झै बाँच्नको लागी संघर्ष नगरेको भए बुढो नहुँदै बाबु मर्ने थिए आमा सति जाँदी हुन । तर पनि त्यही आमा फेरी पनि त्यही छोरालाई फेरी सोध्दछिन बाबु तिमीले खायौं । कुनै रोगले त सताएको छैन । बाबुले फेरी पनि सोध्ने छन तिमीलाई कुनै अफठयारो छ की ? पाटी पौवा बृद्धाश्रममा पुगे पनि बाबु आमाले आफनो कर्तव्य कहिल्लै भुल्दैनन तर रहर गरी जन्मेको छोरा बृद्ध बाबु आमाको सहारा हुन्छ कि हुँदैन छोरा त्यस प्रश्नको कस्ले दिने ?

    मङ्गलबार, माघ १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का
    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
    ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    लोकप्रिय

    • १.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो

    • २.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    भर्खरै

    • १.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • २.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ३.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ४.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • ५.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ६.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ७.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ८.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.