जनखोजी संवाददाता
प्युठान, बुधबार युवा संगठन नेपालका सदस्य सहित केही व्यक्तिमाथी कुटपिट भएको भन्दै युवा संगठन नेपाल, प्युठानले भत्सर्ना गरेको छ । बिहिबार युवा संगठन नपाल प्युठानका अध्यक्ष बसन्तले विज्ञप्ती जारी गर्दै मलामी गएको समयमा कुटेको भन्दै युवा संगठनको ध्यानाकर्षण भएको जनाएका छन् । प्रेस विज्ञप्तीमा ‘मिति २०७८÷१०÷२६ गते १५ः३० बजेको समयमा प्युठान नगरपालिक–४ झिमरुक खोलाको किनारमा आफ्नो सासुआमाको दाहसंस्कार सकेर मलामी सहित घर फर्किदै गर्दा युवा संगठन नेपालका सदस्य कमरेड बुद्ध बहादुर नेपाली माथी अभिषेक के.सी., सुशिल योगी लगायत २०–२५ जनाको अपराधिक समुहले ज्यान मार्ने उद्देश्यले धारिलो हतियार साथै ढुंगाले प्रहार गरी निर्घात कुटपिट गरेको घटनाले हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ’ भनिएको छ । साथै दोषिमाथी कडा कारबाही गर्न संगठनले माग गरेको विज्ञप्तीमा उल्लेख छ ।