• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

स्वर्गद्वारीमा स्ववियु जितेका प्रतिनिधिको सपथ कार्यक्रम सम्पन्न


  •   सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
  • केशर सुनार
    प्यूठान,प्यूठानमा स्ववियूको नयाँ टिमलाई सम्मान गरिएको छ।प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा  नवनिर्वाचित स्ववियू उम्मेदवारहरुलाई प्रमाणपत्र बितरण एवम सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।सोहि कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख गुन्जबहादुर खडका,प्रमुख अतिथि स्ववियू निर्वाचन अधिकृत डा.शिबराज पण्डित, सहायक क्याम्पस प्रमुख रामकृष्ण शर्मा,सस्थापक संचालक समितिका सदस्य एव प्राध्यापक गिर बहादुर भण्डारीको आतिथ्यता रहेको थियो भने सम्पूर्ण प्राध्यापक,नयाँ स्ववियू टिम लगायत सम्पूर्ण बिधार्थिहरुको उपस्थिति रहेको थियो ।
    सस्थापक संचालक समितिका सदस्य एव प्राध्यापक गिर बहादुर भण्डारीले स्वागत मन्तव्य राख्दै निर्वाचन समितिका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिई २०६५ सालदेखि रिक्त रहेको पदपूर्ति भएको बताएका छन । देशका बिधार्थिहरुले आफ्नो हकहितको आवाज उठाउने अधिकार १४ वर्षपछी आफ्नो हातमा ल्याएको भन्दै स्ववियूका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन ।साथै प्यूठानको बिधार्थिहरु एकापसमा सर्वसम्मत रुपमा मिलेर सर्वसम्मत रुपमै शान्तिपूर्ण वातावरणमा निर्वाचन समापन भएको र राजनैतिक दलहरुलाई सिको गर्न आवश्यक भएको भन्दै देशैभरीको निर्वाचन मध्ये प्यूठानको स्ववियू निर्वाचन उदाहरणीय रहेको बताए ।
    स्ववियूको निर्वाचित सभापति टेकराज केसी,सचिव प्रेमबहादुर बिश्वकर्मा,कोषाध्यक्ष भुपेन्द्र केसी र उपसभापति गगन गिरीले अबको दिनमा क्याम्पसको पूर्वाधार बिकासका निम्ति बिधार्थिहरुलाई आश्वासन नदिई काम गरेर देखाउने आआफ्ना प्रतिबद्धता प्रस्तुत गरेका छन् । साथै क्याम्पस प्रशासन र बिधार्थिहरुमात्र नभई सम्पूर्ण अभिभावकको सहयोग र योजनावाटै क्याम्पसको समग्र पूर्वाधार बिकास सम्भव हुने बताएका छन । बिधार्थिहरुलाई क्याम्पसमै लोकसेवा कक्षा संचालन अईसिटि ल्याब एवं छात्राहरुको लागि सेनेटरी प्याडको उचित व्यवस्थापन लगायत साधारण क्याम्पसलाई आंगिक क्याम्पसको रुपमा स्तरोन्नति गर्न सवै बिधार्थीको सहकार्यमा बिधार्थी ईतिहास कायम गर्ने कुरा जनाएका छन । क्याम्पसको हरेक गतिविधिमा सबै संगठन मिलि सहकार्य गर्ने समेत बिधार्थी नेताहरुले प्रस्ट पारेका छन ।
    निर्वाचित सम्पूर्ण स्ववियूका पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरी बिधार्थिहरुको समग्र अधिकारको निमित्त कार्य गर्ने प्रतिबद्धताका साथ सपथ ग्रहण कार्यक्रम गरिएको छ ।साथमा नेपाल सरकारको गुठि सस्थाका अध्यक्षमा नियुक्ति भएका प्राध्यापक एवं निर्वाचन अधिकृत डा.शिबराज पण्डितलाई बधाईज्ञापन गरिएको छ ।निर्वाचन अधिकृत डा। पण्डितले २०६५ सालमा हुन नसकेको स्ववियू निर्वाचनको तितामिठा पल बताउदै १४ बर्षपछिको निर्वाचन उदाहरणीय बनेको भन्दै बधाई दिएका छन् ।
    त्यस्तै क्याम्पस सहायक प्रमुख शर्माले आफ्नो मन्तव्य राख्दै स्ववियू निर्वाचन प्रतिनिधिमा महिलाको प्रतिनिधित्व कम भएको भन्दै महिलाहरुले आफ्नो हक कायम गर्न नसकेको प्रति गुनासो ब्यक्त गरेका छन ।खच्किदो शिक्षाको गुणस्तरमा आफू दिक्दार भएको र यस्ता बेथितिलाई शिघ्रातिशिघ्र सुधार गर्नको निमित्त सम्पूर्ण बिधार्थिहरु खटिनुपर्ने बताएका छन । त्यस्तै बिधार्थीहरुले आफुले नजानेको बिषयबस्तु हचुवाको भरमा टाउको हल्लाउने बानीलाई बिस्थापित गर्दै नजानेका कुरा सोध्ने बानि बसाल्न ध्यानाकर्षण गरेका छन ।
    कार्यक्रमको समापन गर्दै क्याम्पस प्रमुख खडकाले सम्पूर्णलाई धन्यबाद दिदै स्ववियू टिमलाई बधाई दिएका छन । ५ वटै संगठन मिलि सर्वसम्मत रुपमा समापन भएको निर्वाचन जिल्लामै नमुनाको रुपमा स्थापित भएको छ । स्ववियू सवै बिधार्थिहरुको हक हितको लागि लड्ने साझा सस्था रहेको समेत बताएका छन । उहाले भन्नुभयो अन्य जिल्लामा निर्वाचन असहज भैरहदा आफ्नो क्षेत्रमा शान्तिपूर्ण वातावरणमा निर्वाचन समापन हुदा हामि निकै खुशी छौ ,अव सकारात्मक रुपमा सम्पूर्ण शिक्षाको गुणस्तर सुधारमा लाग्नुपर्छ । त्यस्तै खडकाले क्याम्पसको पूर्वाधार बिकासमा भरिपूर्ण बनाई त्रिभुवन विश्वविद्यालयका बिभिन्न कार्यक्रमहरु ल्याउन जोडबल गर्ने बताएका छन् ।जिल्लाकै जेठो एवं महत्त्वपूर्ण क्याम्पसको रुपमा परिचित क्याम्पसलाई बिकास गरी शिक्षाको गुणस्तरमा जोड दिने जनाए ।
    उक्त कार्यक्रमको सहजीकरण गर्दै प्राध्यापक नेत्रमणि आचार्यले सपथ ग्रहण एवम प्रमाणपत्र वितरण कार्यक्रम भब्य रुपमा समापन भएको जनखोजी डटकमलाई बताए ।

    Advertisement

    सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!
    हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!
    इनिशा बिकको न्याय माग्दै कोहलपुरमा निरन्तर शान्तिपूर्ण प्रदर्शन!

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.