“गजल”
रोग भाेकले सताउछ मेराे जाजरकोटमा
भुकम्पले घर भत्काउछ मेराे जाजरकोटमा
Advertisement
दु:ख गरि बनाएका साना ती टहरा पनि
हावाहुरिले उडाउछ मेराे जाजरकोटमा
अझै पनि उस्तै छ विकासकाे गति भने
खच्चडले नुन पुर्याउछ मेराे जाजरकोटमा
दैलाेमा पाहुना बनी आइरहन्छ बारम्बार
भाेकमरिले पछ्याउछ मेराे जाजरकोटमा
राेजगार शून्य घर थिए गाउँ बन्याे आज
गरिबीले घचघच्याउछ मेराे जाजरकोटमा
पालैपालाे आउछन् एक पछि अर्काे गर्दै
प्रकृतिले सधै तर्साउछ मेराे जाजरकोटमा
सनत राेकाय बिवश
कुशे गा.पा ८, जाजरकोट